काठमाडौं । बलिउड अभिनेता सलमान खान हलिउड फिल्ममा डेब्यू गर्दैछन्। सन् २०२१ को अर्जेन्टिनी फिल्म ‘द सेभेन डग्स’ को रिमेकमार्फत उनले हलिउडमा डेब्यू गर्न लागेका हुन्। यस फिल्मलाई रोड्रिगो गुरेरोले निर्देशन गरेका थिए।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो हलिउड फिल्मको छायांकन दुबईमा भइरहेको छ। छायांकन सेटबाट सलमानको फर्स्टलुक लिक भएको छ। सार्वजनिक भिडिओमा उनी गम्भिर अवतारमा देखिएका छन्। एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘मेगास्टार सलमान खान आफ्नो हलिउड फिल्मको छायांकनको लागि साऊदी अरबमा छन्।’
सलमान आगामी बलिउड फिल्म सिकन्दर मा देखिनेछन्। यसमा उनी अभिनेत्री रश्मिका मन्दनासँग देखिनेछन्। यो फिल्म सन् २०२५ को इदमा प्रदर्शन हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की
सलमानलाई फेरि ज्यान मार्ने धम्की
सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन
सलमान खानमाथि फेरि आक्रमणको षड्यन्त्र : मुम्बई प्रहरीको दाबी- चार पक्राउ
सलमान खानको घरबाहिर गोली चलेको प्रकरणमा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु