काठमाडौँ । सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ ।
कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ । यस विस्तार याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।
केजरीवालले आफ्नो स्वास्थ्यको कारण देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन थप गर्न माग गरेका थिए । केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा अन्तरिम जमानतमा छुटेका थिए । उनको जमानत जुन १ मा सकिँदैछ ।
केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । गत मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर उनी तिहारबाट बाहिरिएका थिए । उनलाई प्रवर्तन निर्देशनालयले मार्च २१ मा पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अरविन्द केजरीवालमाथि मुद्दा चलाउन केन्द्रले दियो अनुमति
तिहाड जेलबाट केजरीवाललाई सीबीआई हिरासतमा
केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि उच्चको रोक
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाइयो
केजरीवाललाई पिट्ने धम्कीसहितको म्यासेज लेख्ने युवक पक्राउ
दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा