तिहाड जेलबाट केजरीवाललाई सीबीआई हिरासतमा

एजेन्सी

विहीबार, १३ असार २०८१, ०७ : १९
तिहाड जेलबाट केजरीवाललाई सीबीआई हिरासतमा

एजेन्सी । दिल्लीको राउज एभिन्यु अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तीन दिनका लागि सीबीआई हिरासतमा पठाएको छ।

अदालतको अनुमतिपछि बुधबार सीबीआईले औपचारिक रूपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको थियो।

मदिरा नीति घोटाला प्रकरणमा सीबीआईले मंगलबार राति तिहाड जेलमा केजरीवालसँग सोधपुछ गरेको थियो।

सोधपुछपछि सीबीआईले बयान रेकर्ड गरेर बुधबार बिहान केजरीवाललाई राउज एभिन्यु अदालतमा पेस गरेको थियो। 

न्यायाधीश अमिताभ रावतले राउज एभिन्यु अदालतमा केजरीवाल मुद्दाको सुनुवाइ गरेका थिए।

सुनुवाइपछि सीबीआईले केजरीवाललाई अदालतमै पक्राउ गरेको थियो। सीबीआईले केजरीवाललाई हिरासतमा लिन मागेको अनुमति अदालतले स्वीकार गर्‍यो। 

उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले गत मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोगमा पक्राउ गरेको थियो र त्यसयता उनी तिहाड जेलको न्यायिक हिरासतमा थिए।

प्रतिक्रिया दिनुहोस