काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा सहकारीको बचत रकम हिनामिना र बचत रकम फिर्ता गराउने छलफलको प्रमुख एजेन्डा बनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सहभागी एक सदस्यका अनुसार सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्रीको संलग्नताबारे छानबिन समिति गठन हुनुपर्ने बैठकको प्रमुख एजेन्डा रहेको बताए ।
त्यस्तै सहकारीको रकम हिनामिनाबारे कांग्रेसले संसदमा उठाएको विषयमा गृहमन्त्रीले दिएको अशिष्ट र हिंसक तथा अपमानजनक व्यक्ति विशेष शब्दको प्रयोग, विवादित गृहमन्त्रीको पद, प्रतिपक्षको मागमा सभामुखको कार्यशैली तथा सरकारको प्रस्तुति लगायतका विषय छलफलका एजेन्डा भएको कांग्रेस नेताहरूले जनाएका छन् ।
नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै आएको छ । संयुक्त बैठकमा हुने छलफलका आधारमा निर्णय गरेर अघि बढ्ने कांग्रेसको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा