काठमाडौँ । नेकपा एमालेले मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार गठन हुने भन्नेबारे छलफल नभएको बताएको छ ।
मधेस प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट जनमत पार्टीको नेतृत्वमा सरकार गठनका लागि सहमति भएको भन्दै समाचार बाहिर आएको थियो । माओवादी केन्द्र, जनमत पार्टीका नेताहरूले सो सहमति भएको जिकिर गरेका थिए ।
तर सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्नेबारे कुनै सहमति नभएको बताए । सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने सहमति भएको तर कसको नेतृत्वमा सरकार बनाउने भन्नबारे सहमति भइनसकेको उनको भनाइ छ ।
मधेस सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा परेका छन् । उनले प्रदेश सभामा हालसम्म आफ्नो बहुमत सिद्ध गरेका छैनन् । उनको नेतृत्वको सरकारलाई नेकपा एकीकृत समाजवादीले मात्र समर्थन कायम राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो सचिवालय बैठक
सहमति जुट्न नसके राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधन गरिने
लगातार बैठक बोलाउने तयारीमा एमाले
एमालेमा ओलीले औँल्याए तीन प्रवृत्ति
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
शहरी क्षेत्रको जनमतसँग पार्टीलाई थप जोड्नुपर्ने एमालेको निष्कर्ष