एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, ०१ जेठ २०८१, ०८ : ४४
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । 

बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुङ्गो लगाइने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको  छ। यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस