एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्दै

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, १० : ३९
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्दै

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो ।

पोलिटब्युरो सदस्य दिलु पन्तका अनुसार बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ ।पार्टीको आइतबार सम्पन्न हुने स्थायी कमिटीका निर्णय उपर पनि  बैठकमा छलफल हुनेछ ।

बैठकले आगामी जेठ १ र २ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूची अनुमोदन गर्नेछ ।एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।

सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा पोलिटब्युरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावको आधारमा त्यसलाई पूर्णता दिने नेत्री पन्तले बताइन् ।

प्रतिक्रिया दिनुहोस