परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, १५ : ५८
परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।

बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उनले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् । परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने भन्दै उनले भनिन्, ‘मन्त्रालयको लक्षित उद्देश्यअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्‍यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् । जनताको गुनासो आउनुभएन ।

उनले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिइन् ।

 

प्रतिक्रिया दिनुहोस