संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

सफल खबर संवाददाता

शुक्रबार, १२ बैशाख २०८२, ११ : ३५
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो । तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

 

प्रतिक्रिया दिनुहोस