काठमाडौँ । वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘ऊनको स्वीटर’ को प्रचारका लागि पोखरा र धरानमा साङ्गीतिक कार्यक्रम ‘ऊनको स्विटर साँझ विथ सुजन चापागाईँ’ हुने भएको छ । फिल्मका सङ्गीतकार तथा गायक सुजन चापागाईँ फिल्मका कलाकारहरू साङ्गीतिक कार्यक्रममा उत्रिन लागेका हुन् ।
कार्यक्रममा सुजनसँगै फिल्मका मुख्य कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राई र निर्देशक नवीन चौहानको उपस्थिति रहनेछ । पोखराको लेकसाइडस्थित हल्लन शुक्रवारबाट अपराह्न ४ बजेबाट आयोजना हुँदैछ ।
कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र फिल्मका कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् । त्यस्तै, झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर गन्धर्वको परिवारको उपस्थितिमा सुजनले झलकमानका गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने बताइन्छ ।
धरानको रङ्गशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रम ‘द इन्फिनिटी ब्यान्ड’ को समेत प्रस्तुति रहनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति दिनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, ११ : ४७
लेखकबाट थप