अपराधिक गतिविधिमा संलग्न भारतीय नागरिक पक्राउ, भाग्न खोज्दा प्रहरीद्वारा गोली प्रहार

सफल खबर संवाददाता

सोमबार, १७ बैशाख २०८१, १० : १४
अपराधिक गतिविधिमा संलग्न भारतीय नागरिक पक्राउ, भाग्न खोज्दा प्रहरीद्वारा गोली प्रहार

वीरगञ्ज । अपराधिक गतिविधिमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

प्रहरीले भारतीय नागरिक बब्लु पासवानलाई वीरगञ्ज महानगरपालिका- १६ भुटनदेवि मन्दिर नजिकैबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोज्दा दुई राउन्ड गोली प्रहार समेत प्रहरीले गरेको थियो। सो क्रममा पासवानको खुट्टामा गोली लागेको तथा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

पक्राउ परेका पासवानको बारेमा थप अनुसन्धान भइरहेको थापाले बताए। पासवान झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यालगायत नेपालमा भएको विभिन्न अपरधिक क्रियाकलापमा संलग्न रहेको बुझिएको छ।