काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्न पूर्वकर्मचारीलाई देउवाको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, १५ : ०७
काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्न पूर्वकर्मचारीलाई देउवाको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन्। 

शुक्रवार काठमाडौँमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र स्थायी हुने बताए।

जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई हुने पनि बताए। उनले सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने पनि बताए।उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभीष्ट भएको बताए। उनले भने,‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्त्वपूर्ण भूमिका रहेको छ। सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ। त्यसैले स्थायी सरकार पनि भनिन्छ ।

कर्मचारीहरूको मुलुक निर्माणमा अत्यन्त ठूलो भूमिका हुन्छ।  जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ। सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुन्छ।’ सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए।