काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प बहुमत र अल्पमतको नहुने बताएका छन् । उनले संकल्प सबैको हुने बताए । उनले अल्पमत र बहुमतको विषयमा संसदमा प्रस्तुत भएको संकल्प प्रस्तावको विषयमा कुनै टिका टिप्पणी नगर्ने बताए ।
उनले संकल्प प्रस्तावको छलफलमा प्रदेशसभामा जवाफ दिँदै आफू संविधानभन्दा बाहिर नरहेको र संविधानको हरेक धारा धाराको पालना गर्ने बताए । उनले संविधानको धाराबाटै आफूले निकास दिने बताए ।
संविधानको धाराभन्दा एक इन्च पनि पर नजाने भन्दै संकल्प प्रस्ताव फिर्ता लिन उनले आग्रह गरे । उनले सदनमा कहिले यता कहिले उता हुँदा हुँदा थाकेको बताए । उनले आफू मध्यावधि रोक्नका लागि मुख्यमन्त्री भएको बताए ।
रोस्ट्रममा बोल्दै उनले आफू मुख्यमन्त्री बन्ने बेलामा दलको लेटर प्याडमा र पार्टीको झन्डामा नबनेको बताए । उनले मध्यावधि रोक्नका लागि मुख्यमन्त्री भएकाले मध्यावधिका विषयमा कुरा गर्नु नै बेकार हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमुख्यमन्त्री कार्कीको रिट हेर्न नभ्याउनेमा
सर्वोच्चद्वारा केदार कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी सक्कल कागज माग
नयाँ सरकार गठन आह्वानको तयारी, एमाले–माओवादी संयुक्त छलफलमा
पर्शुराम बस्नेतलाई सोधियो २४ घण्टे स्पष्टीकरण
कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित
विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पेस हुन सक्दैन : मुख्यमन्त्री कार्की