सर्वोच्चद्वारा केदार कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी सक्कल कागज माग

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, २० : ५९
सर्वोच्चद्वारा केदार कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी सक्कल कागज माग

काठमाडौँ। सर्वोच्च अदालतले कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नियुक्ति र विश्वासको मत लिँदाको सक्कल फाइल मगाएको छ । हिक्मत कार्कीको नियुक्ति खारेजी र आफ्नो पुनर्बहालीको माग लिएर सर्वोच्च गएका कार्कीको रिटमा आज सुनुवाइ गर्दै थप कागज मगाएको हो ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको संयुक्त इजलासले ती दुई कागजको सक्कल फाइल महान्यायाधिवक्ता कार्यालय मार्फत यथाशीघ्र झिकाउन आदेश दिएको छ ।

इजलासले उत्प्रेषण आदेश दिँदै असोज २५ गते ४७ जना सांसदहरूको समर्थनपश्चात् नियुक्तिसम्बन्धी फाइल र नियुक्तिपश्चात् कात्तिक १ गते ८६ जना सांसदबाट प्राप्त विश्वासको मतसम्बन्धी फाइल सक्कल मगाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस