काठमाडौँ। मधेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजै शपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको हो ।
११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्री सहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रको १–१ मन्त्रालय छन् । माओवादी केन्द्रले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर २ मन्त्री नियुक्त हुन लागेको स्रोतले जनाएको छ ।
मुख्यमन्त्रीसँग जनमतले छाडेको श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टीले छाडेको वन तथा वातावरण मन्त्रालय बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीका उत्तराधिकारी हामी हौँ : माधव नेपाल
एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड : माधव नेपाल
बझाङमा नेकपा एसको धरौटी जफत
एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल
बिना विभागीय मन्त्रीको शपथ लिएकी लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी
कोशीको मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन राजेन्द्र राईको सुझाव