शिक्षा विधेयकको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०८२, १३ : ०९
शिक्षा विधेयकको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले आन्दोलनरत शिक्षक र प्रहरीलाई संयमित हुन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षा विधेयक संसदको यही अधिवेशनबाट टुंग्याउने गरी काम भइरहेको बताएका हुन् ।

शिक्षा विधेयकबारे भइरहेको अहिलेसम्मको कामबारे शिक्षामन्त्रीले पनि सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले भने, ‘शिक्षा विधेयकबारे उपसमितिमा सबै पक्षको सहमतिमा एकसरो छलफल भइरहेको छ । र, केही विवाद भइरहेको दफाहरूमा काम भइरहेको छ । शिक्षा विधेयक हिजो आन्दोलनको क्रममा सम्झौता गर्ने, आफ्नो कार्यकाल भरी कानमा तेल हालेर सुत्ने, कुनै काम नगर्ने सरकारहरूले अहिले शिक्षा विधेयक लिएर जानुस् भन्ने काम भइरहेको छ ।’

उनले उपसमितिमा भइरहेको कामबारे सदनबाट सिंगो देश र जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस