मन्त्री भण्डारीले भने-उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिबद्ध भई लाग्नुपर्छ

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १९ : ५६
मन्त्री भण्डारीले भने-उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिबद्ध भई लाग्नुपर्छ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिमार्फत समृद्ध नेपाल निर्माणमा मन्त्रालय उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिबद्ध भई लाग्नुपर्ने बताएका छन् ।

मंगलबार परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । सङ्घीयता अनुकूलका नीतिगत कानुनी एवं संस्थागत व्यवस्था गर्दै तीन तहको सङ्घीयता शासन प्रणालीमा उद्योग तथा व्यापार क्षेत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न सरकार क्रियाशील रहेको बताए । 

उनले सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको र वैदेशिक लगानीलाई आकर्षित गर्न सरकारले करिब एक दर्जन ऐनको परिमार्जन गर्ने कार्य अन्तिम चरणमा पुर्‍याएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस