काबुल । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङ्गका कारण ५७ जनाको मृत्यु भएको छ । बाढीको प्रकोपका कारण दुवै देशमा धेरै घरहरू क्षतिग्रस्त भएको बताइएको छ ।
२५० भन्दा धेरै पशुको मृत्यु भएको खबर छ । मृत्यु हुनेमा अफगानिस्तान ३३ र पाकिस्तानका २४ जना भएको बताइएको छ । पाकिस्तानमा सबैभन्दा धेरै मृत्यु पञ्जाब प्रान्तमा भएको छ । दुवै देशका मौसम विभागका अनुसार आगामी दिनमा पनि भारी वर्षाको सम्भावना छ ।
बाढीले राजधानी काबुल र देशका अन्य धेरै प्रान्तहरू प्रभावित भएको तालिवानको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता अब्दुल्लाह जनान साकले बताएका छन् । बाढीका कारण झण्डै ८ सय हेक्टर बाली नष्ट भएको छ भने सडकमा पनि क्षति पुगेको छ ।
सबैभन्दा बढी क्षति पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्धार प्रान्तमा भएको छ । आगामी दिनमा अफगानिस्तानका ३४ प्रान्तमध्ये अधिकांश क्षेत्रमा व्यापक वर्षा हुने चेतावनी मौसम विभागले दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
अफगानिस्तानको मस्जिदमा आक्रमण अपडेटः सुरक्षाका लागि भक्तजनको अपिल
अफगानिस्तानमा भारी वर्षापछि बाढीः ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु
अफगानिस्तानमा रुसी जहाज दुर्घटना
टी-२० : भारतद्वारा अफगानिस्तान ३-० ले क्लिन स्विप