अफगानिस्तान । अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बताएका छन् ।
राजधानी काबुल र दक्षिणी कान्दाहार शहरको बीचमा रहेको गजनी प्रान्तमा बुधबार राति भएको दुर्घटनामा प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले एक्समा बताए ।
“काबुल–कान्दाहार राजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना भएको र घटनामा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्,” सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने ।
मध्य गजनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्यांकरसँग ठक्कर खाँदा दुर्घटना भएको थियो भने अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए ।
उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई अस्पताल पुर्याएको र केहीको अवस्था गम्भीर रहेको उनले बताए । दशकौँ लामो द्वन्द्व खेपेको अफगानिस्तानमा कमजोर सडक, राजमार्गमा तीव्र गति गुड्ने सवारी साधन र नियमनको अभावका कारण अफगानिस्तानमा सवारी दुर्घटना हुने गरेको छ ।
गत मार्चमा दक्षिणी हेल्मान्ड प्रान्तमा एउटा बस र इन्धन ट्यांकर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए। सन् २०२२ को डिसेम्बरमा अफगानिस्तानको उचाइमा रहेको सलाङ पासमा इन्धन ट्यांकर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस जलेर घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट
अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाबारे राष्ट्रसङ्घको प्रतिक्रिया– अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वको सम्मान होस्