काबुल । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा दुई यात्रुको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।
शुक्रबार साँझ प्रान्तको बागलान–ए–मरकाजी जिल्लामा एउटा गाडीले कारलाई ठक्कर दिँदा उक्त भयानक दुर्घटना भएको थियो, जसमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए ।
घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह सवारी, चुनौतीपूर्ण भूभाग, ओभरलोडिङ, ओभरटेकिङ तथा तीव्र गतिका कारण सडक दुर्घटना हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट
अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाबारे राष्ट्रसङ्घको प्रतिक्रिया– अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वको सम्मान होस्