काठमाडौं । सरकारले केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा फेरबदल गरेको छ ।
एक हप्ताअघि मात्रै उपराष्ट्रपति कार्यालयमा सरुवा भएका मुकुन्द निरौला सामान्य प्रशासन मन्त्रालयमा फर्किएका छन् । उपराष्ट्रपति कार्यालयमा जानु अघि उनी उद्योग सचिवका रुपमा कार्यरत थिए ।
हाल सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फर्काउने वा अन्य युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी दिने भन्ने टुंगिएको छैन । तर, आइतबार निर्णय प्रमाणीकरण हुँदासम्म टुंगो लगाइसकेर सरूवाको पत्र बनाउने तयारी छ ।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गर्ने तयारी छ । तर, त्यो पनि अन्य केही सचिवको जिम्मेवारी हेरफेरका आधारमा मात्रै टुंगो लगाएर पत्र बन्ने मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सचिव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता
लुम्बिनीका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी
रघुराम विष्ट सचिवमा बढुवा
सचिव मणिराम गेलालद्वारा कार्यसम्पादन सम्झौता
शिक्षामन्त्रीले गरिन् सचिवहरूसँग कार्यसम्पादन सम्झौता
गोविन्द कार्की सचिवमा बढुवा