सचिव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०८१, १४ : ००
सचिव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता

काठमाडौँ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका सचिव टेकनारायण पाण्डेकी श्रीमती मञ्जु पाण्डेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् ।

उनले आफ्ना पतिलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौँ, महान्यायाधीवक्ताको कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय अनि सर्वोच्च अदालतलाई समेत विपक्षी बनाएकी छन् ।

शुक्रबार दर्ता भएको निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनुपर्ने थियो, तर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले हेर्न नमिल्ने भएपछि मुद्दा स्थगित भएको अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस