काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको कानुन, न्याय र मानवअधिकार समितिमा ६ जना मन्त्री जाँदै छन् । आइतबार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै छ ।
सो विधेयकमाथिको छलफलका लागि कानुन, न्याय र संसदीय मामिला मन्त्री पदम गिरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादव र कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साहलाई बोलाइएको समितिका सभापति विमला सुवेदीले जानकारी दिइन् ।
यस्तै मुख्यसचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कर्मचारीलाई पनि बैठकमा बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन बनाउँदा स्थानीय तहले एकलौटी गर्न नमिल्ने फैसला
कानुनसहित विभिन्न ६ वटा समितको बैठक बस्दै
बालसुधार गृह र कारागारको स्थलगत अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन पारित
छोराछोरीले आफ्नो आम्दानीको १० प्रतिशत आमा-बुवालाई दिनैपर्ने कानुन बन्दै
बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै
बागमती प्रदेशः ७८ कानुन बनिसक्दा ४७ मूल ऐन भने पारित