हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज चार जना मन्त्री नियुक्त गर्दैछन् । चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ ।
२५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ ।थप एक जना पहिलोपटक मन्त्री बन्दैछन् ।
मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी गरको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिन लागेको हो । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री जम्कट्टेलले आइतबार विश्वासको मतको मिति तय गर्ने
राजीनामा दिन मुख्यमन्त्री जम्कट्टेललाई एमालेको आग्रह
मुख्यमन्त्री जम्कट्टेललाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी
मुख्यमन्त्री जम्कट्टेलको सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता
उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रम ल्याउन मुख्यमन्त्री जम्कट्टेलको निर्देशन