मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन पहिलो साता नयाँ सरकार निर्माणको मार्ग खुल्ला गर्ने तयारी गरेका छन् । उनले प्रक्रियागत रूपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजना बनाएको बताएका हुन् ।
विश्वासको मत लिने विषयमा तत्काल मिति तय नगरिएको बताउँदै उनले सत्ता गठबन्धनका दलहरुबिच छलफल गरेर निर्णय गर्ने जानकारी दिए । दलहरूसँगको छलफलका आधारमा एमाले कांग्रेस गठबन्धनबाट सरकार निर्माणका लागि बाटो खुल्ला गरिदिने उनको भनाई छ बताए ।
आइतबार सरकारमा रहेका दलहरूसँगको छलफलमा विश्वासको मत लिने मितिको बारेमा निर्णय हुन्छ । मैले मिति तय गरेको छैन । साझेदार दलहरूसँगको छलफल पछि संसद् सचिवालयमा पत्र पठाउँछु,’ उनले भने ।
उनका अनुसार केन्द्रमा माओवादी केन्द्रको सरकारले संसद्बाट विश्वासको मत नपाएको र प्रदेशमा पनि प्राप्त नहुने स्पष्ट रहेको छ । सोही अनुसार सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न प्रक्रियामा अघि बढेको उनले बताए । नयाँ समीकरणका दलहरू केन्द्रमा सरकार निर्माणमा जुटेको र आइतबार नै नयाँ सरकार गठन हुने भएकाले सो पश्चात् एमाले कांग्रेसले प्रदेशको तयारी थाल्ने मुख्यमन्त्री जम्कट्टेलले बताए ।
‘म आफैँ धेरै समय लिने तयारीमा छैन । विश्वासको मत लिएर वा राजीनामा दिए पनि नयाँ सरकार गठनमा मार्ग प्रशस्त गर्ने हो । प्रक्रियागत रूपमा सरकार निर्माणको लागि सहज वातावरण तयार हुनेछ । उहाँहरू केन्द्रमा सरकार गठनको तयारीमा हुनुहुन्छ ।प्रदेशमा त्यति चासो दिनुभएको छैन । केन्द्रमा सरकार गठन भइसकेपछि उहाँहरू अघि बढ्नुहुन्छ । त्यस विषयलाई ध्यानमा राखेर म आफै धेरै समय नलिने र प्रक्रियाबाट सरकारको नेतृत्व चयनका लागि वातावरण निर्माण गर्छु,’ मुख्यमन्त्री जम्कट्टेलले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असार २०८१, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजीनामा दिन मुख्यमन्त्री जम्कट्टेललाई एमालेको आग्रह
मुख्यमन्त्री जम्कट्टेललाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी
मुख्यमन्त्री जम्कट्टेलको सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता
उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रम ल्याउन मुख्यमन्त्री जम्कट्टेलको निर्देशन
बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले आज चार जना मन्त्री नियुक्त गर्दै