टी–२० क्रिकेट

ललित राजवंशी लिए आयरल्यान्ड ‘ए’ को आठौँ विकेट

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, १४ : ३५
ललित राजवंशी लिए आयरल्यान्ड ‘ए’ को आठौँ विकेट

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को अठौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को आठौँ विकेट ललित राजवंशीले लिएका हुन् । 

ललितले आयरल्यान्ड ‘ए’ का नवौँ नम्बरका ब्याट्सम्यान लियाम म्याकार्थीलाई १६ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । ललितले लिएको यो दोस्रो विकेट हो ।

१६.३ ओभरमा म्याकार्थी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले एक सय दुई रन बनाएको छ । आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।

प्रतिक्रिया दिनुहोस