नेपाललाई चौथो सफलता, अभिनाशले लिए विकेट

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १३ : ३९
नेपाललाई चौथो सफलता, अभिनाशले लिए विकेट

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । नेपालका लागि अभिनाश बोहराले चौथो विकेट लिएका हुन् ।

खेलको १५ औं ओभरको तेस्रो बलमा केसी कार्टीलाई आउट गरेका हुन् । यससँगै कार्टी र कप्तान रोस्टन चेजको ठूलो साझेदारी तोकिएको छ ।

कार्टी ३८ रन बनाएर आउट हुँदा कप्तान चेज ३९ रन बनाएर खेलिरहेका छन् । चौथो विकेटका लागि कार्टी र चेजले ६० रनको साझेदारी गरे ।

प्रतिक्रिया दिनुहोस