विराटनगर । चालू आर्थिक वर्षको अन्तिम चौमासिक बाँकी रहँदा कोशी प्रदेश सरकारले ३० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीले गत चैत ३ गतेसम्ममा गरेको खर्च विवरण सार्वजनिक गरेअनुसार बजेट खर्च ३० प्रतिशतको हाराहारीमा रहेको जनाएको हो ।
जसमध्ये हालसम्म प्रदेशको पुँजीगत खर्च भने २२ प्रतिशतमा सीमित हुँदा चालू खर्च भने ४१ प्रतिशत भएको छ । प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
हालसम्ममा पुँजीगततर्फ ४ अर्ब ६० करोड ७८ लाख ७ हजार ५८१ रुपैयाँ खर्च भएको छ । यस्तै चालू तर्फ भने ७ अर्ब ७५ करोड ३४ लाख ६७ हजार ९०२ रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारको हालसम्मको जम्मा खर्च भने ११ अर्ब ३६ करोड १२ लाख ७५ हजार ४८४ रुपैयाँ रहेको छ ।
सरकारले चालूतर्फ १६ अर्ब ३९ करोड ६९ लाख ९२ हजार र पुँजीगत तर्फ २० अर्ब ४१ करोड २० लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश सरकारको आम्दानी भने हालसम्म ५२ दशमलव ५३ प्रतिशत अर्थात् १९ अर्ब ३० करोड ४८ लाख ४३ हजार ५१८ रुपैयाँ रहेको छ । प्रदेश सरकारले बजेट खर्च लक्ष्य अनुसार गर्न नसक्दा सञ्चित खातामा ७ अर्ब ९४ करोड ३५ लाख ६८ हजार ३४ रुपैयाँ थुप्रिएर बसेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशका जिल्लामा अत्याधिक गर्मी, जनजीवन प्रभावित
म संविधानभन्दा एक इन्च पर जान्नँ, संकल्प प्रस्ताव फिर्ता लिनुस् : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित
कोशीको मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन राजेन्द्र राईको सुझाव
कोशी प्रदेशमा सङ्कल्प प्रस्तावमाथि छलफल सुरु
प्रदेश सभा विघटनको सपना नदेख्न मुख्यमन्त्री कार्कीलाई इन्द्र आङ्बोको चेतावनी