काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपाली काँग्रेसबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् ।
सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएका मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् ।
मधेश सरकारमा नेपाली काँग्रेसबाट ३ जना मन्त्री छन् । त्यस्तै जनमत पार्टीका सांसदले सरकार छाड्दा खाली भएका २ मन्त्रालय पनि मुख्यमन्त्रीको जिम्मामा छ । स्रोतका अनुसार नेकपा एमालेले ४ वटा मन्त्रालय पाउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त
मधेश सरकारको निर्णय : प्रत्यक्षलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट दिने
मधेशका मुख्यमन्त्रीले जेठ २८ गते विश्वासको मत लिने
मधेश सरकारबाट बाहिरियो एमाले
मधेशमा योजना खरिद बिक्री भइरहेको जनमतको आरोप