काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा र जीवन्त पुस्तान्तरण सबैको दायित्व भएको बताएका छन् । सोमबार ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देशमार्फत सभापति देउवाले ल्होसार जस्ता पर्व र सम्पूर्ण सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि जीवन्त बनाइ राख्नु सबै नेपालीको दायित्व हुने बताएका हुन् ।
उनले मुख्यतः हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व नेपालको महत्त्वपूर्ण सांस्कृतिक पर्व रहेको बताएका छन् । ‘विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू छन् । तिनलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको छ,’ सभापति देउवाले भनेका छन् ।
लोकतन्त्रमा मात्र सबै जात-जाति, सबै भाषा-भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्दै सभापति देउवाले एक अर्काको भाषा संस्कृति र परम्पराको सम्मान र संरक्षण गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता
प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन
इप्पान प्रतिनिधिले भेटे काँग्रेस सभापति देउवा
वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ: सभापति देउवा
कांग्रेस सभापति देउवासँग अष्ट्रेलियाकी राजदूत भोल्कको विदाई भेटवार्ता
महिला हिंसा अन्त्य गर्न आमनागरिकलाई जागरूक बनाउन आवश्यक : सभापति देउवा