काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गरेका छन् ।
११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो विश्वास व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसकिने भएकाले पनि उनीहरुको उत्थानका लागि सबै तहका सरकारले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गरी लागू गर्नुपर्ने स्पष्ट पारे ।
जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिताविना आर्थिक सशक्तीकरणका राष्ट्रिय आकांक्षा पूरा हुन असम्भवप्रायः देखिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि सबै क्षेत्रको निरन्तर सहयोग हुन अत्यावश्यक रहेको समेत बताए ।
उनले सभ्य र समुन्नत समाज निर्माणमार्फत लंगिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालीन सोच प्राप्तिका लागि पनि महिला विकासको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले महिलाहरुले बढी श्रम गर्ने भएको उल्लेख गर्दै उनीहरुको श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न पनि सबैमा अपिल गरे ।
राष्ट्रपति पौडेलले नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोतर्फ पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिगो शान्ति र सुशासनका लागि सरकारको तदारुकता आवश्यक छ : राष्ट्रपति पौडेल
भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसहित उच्चपदस्थ व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार !
सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
शेर्पा परिकार काटेर राष्ट्रपतिले गरे ग्याल्पो लोसारको शुभारम्भ
राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन