काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारुकता आवश्यक रहेको बताएका छन् ।
आइतबार शीतल निवासमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकको विकास र समृद्धिको उद्देश्य प्राप्तिका साथै दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माणमा सरकारको तदारुकता आवश्यक रहेको बताए ।
उनले मुलुकमा उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो विकास हुने बताए ।राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे ।
उनले आगामी दिनमा संविधानको मर्म र भावना बमोजिमका काम कारबाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास लिएको बताए ।
सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले जनतालाई राजनीतिक परिवर्तनको अनुभूति गराउन सरकार गम्भीर रहेको बताए । उनले आर्थिक अवस्थामा देखापरेको असहज परिस्थीतिले परेको दबाब कम गर्न सरकारले प्रयास गरेको र केही उपलब्धि हासिल भएको उल्लेख गरे ।
सरकारले लिएको नीतिका कारण समयमा नै विद्यार्थीहरूलाई पाठ्यपुस्तक उपलब्ध गराउन सफल भएको, किसानलाई मल उपलब्ध गराइएको र मलको अभाव हुन नदिन पर्याप्त बजेट छुट्टाइएको उनले बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले नागरिक एपमार्फत सेवा प्रदान गरिएको, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत लिनका लागि घण्टौँ लाइन बस्नुपर्ने व्यवस्था अन्त्य गरिएको, मिटरब्याज समस्यालाई दिर्घकालीन समाधान गर्न पहलकदमी लिइएको जानकारी दिए । देशभित्र लगानी वृद्धि र समृद्धि सुशासन तथा सामाजिक न्यायको लक्ष्य पुरा गर्न थप मेहनतका साथ वर्तमान सरकार अघि बढेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० चैत्र २०८१, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसहित उच्चपदस्थ व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार !
सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
शेर्पा परिकार काटेर राष्ट्रपतिले गरे ग्याल्पो लोसारको शुभारम्भ
राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति पौडेल