काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आजै हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण भएको छ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले ६ संस्थाको तरलता अवस्था विश्लेषण गर्दै
बैंकिङ प्रणालीको ४० अर्ब खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै
राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्ने
७० अर्बको तरलता खिच्दै राष्ट्र बैंक