काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै तीन तहको सुरक्षा आवश्यक रहेको जनाएको छ ।
राष्ट्र बैंकले आधुनिक डिजिटल प्रविधिले वित्तीय सेवा सहज बनाए पनि प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै सुरक्षा आवश्यक रहेको उल्लेख गरेको हो ।
प्रविधिको दुरुपयोगबाट बच्न केन्द्रीय बैंकले तीन तहको उच्च सुरक्षा आवश्यक रहेको जनाएको छ ।
यी हुन् राष्ट्र बैंकले उल्लेख गरेका तीन तहका सुरक्षा तह :
तपाईंलाई मात्र थाहा हुने
यो तहले व्यक्ति आफूलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ । यसमा पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा मानिसको ज्ञान र सम्झनामा भर पर्छ ।
तपाईंसँग मात्र हुने
यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच व्यक्ति आफूसँग मात्र हुन्छ । जस्तै, मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले व्यक्तिको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।
तपाईंको आफ्नै
यसमा व्यक्तिको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औंठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् ।
राष्ट्र बैंकले वित्तीय कारोबारका लागि प्रमाणीकरण विधि प्रयोग गर्न र व्यक्तिगत विवरण गोप्य राख्न आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै
स्कुलको पाठ्यक्रममै वित्तीय शिक्षा समेट्न आवश्यक : गभर्नर अधिकारी
बैंकिङ प्रणालीबाट थप ४० अर्ब खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले २५ अर्ब तरलता खिच्दै
मौद्रिक नीतिको समीक्षा गर्न राष्ट्र बैंकले बोलायो बैठक