काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक प्रणाली ठिक नभएसम्म अरु कुनै पनि कुरा ठिक हुन नस्कने बताउँदै राजनीतिक प्रणाली ठिक ठाउँमा पुर्याउनुपर्ने बताएका छन् । सरकारको आर्थिक नीतिमा केही कमी कम्जोर देखिएकाले आर्थिक क्षेत्रमा समस्या देखिएको समेत उनले बताए ।
शनिबार उद्योग बाणिज्य संघ चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् । अहिलेको असहज अवस्थामा नआतिकन आफ्नो व्यवसायमा लाग्न उद्योग व्यवसायीलाई आग्रह गर्दै उनले सरकार र पार्टीले मुलुकको अर्थतन्त्रको सुधारमा गम्भीरताका साथ कदम चाल्ने बताए ।
कानुनी रुपमा देखिएका जटिलता सुधार गरेर आर्थिक क्षेत्र चलायमान बनाउन आफूहरु लाग्ने नेता सिंहले बताए ।कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले काम गर्ने अवस्था नरहेकोमा चिन्ता व्यक्त गर्दै सरकार र नेपाली कांग्रेसले विशेष ध्यान दिन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस चितवनको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन चितवन आएका सिंह सो छलफलमा सहभागी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबैलाई मिलाएर कांग्रेस महाधिवेशन हुन्छ : नेता सिंह
लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो कांग्रेस जरुरी छ : नेता सिंह
प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा
उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान
संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस पछि हट्दैन : नेता सिंह
जोशी कांग्रेसको इतिहासलाई जीवन्त राख्ने व्यक्ति हुनुहुन्थ्यो : प्रकाशमान सिंह