मकवानपुर । भिमफेदी गाउँपालिका-२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका-१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका-१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेका छन् ।
प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालविवाहको आरोपमा चिनियाँ नागरिकसहित ८ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
युवकको हत्या आरोपमा तीन जना पक्राउ
चोरीको ३ मोटरसाइकलसहित ३ जना पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
अवैध काठ लोड गरिएको ट्याक्टरसहित १ जना पक्राउ