जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०१ कार्तिक २०८१, १२ : ०६
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

कास्की। पोखरा महानगरपालिका-६ लेकसाईडस्थित ४८ वर्षीय बिरेन्द्र लामाको हिमाली किचनमा जुवातास खेलिरहेको अवस्थामा बिरेन्द्र समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ५७ रूपैयाँ, विभिन्न विदेशी मुद्रा र २ सय १३ पत्ति तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस