रौतहट। रौतहट प्रहरीले चोरीको ३ थान मोटरसाईकल सहित ३ जनालाई पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको छ।
गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको प्रदेश ०३-०१९ प २६३१ नम्बरको मोटरसाईकलसहित सोही ठाउँका १९ बर्षीय धीरज साहलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मोटरसाइकल गत असोज २१ गते बिहान चोरी भएको थियो ।
त्यस्तै गत २२ गते दिउँसो माधोपुर बजारबाट चोरी भएको माधव नारायण नगरपालिका ६ का श्यामबाबु यादवको विआर एक्स ६५५८ नम्बरकोमोटरसाईकल सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ का १९ बर्षका श्याम महतो पनि पक्राउ परेका छन्।
त्यसैगरी २६ गते बिहान शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको मोटरसाइकल सहित कटहरिया नगरपालिका ९ दुमरिया गाउँका २१ बर्षका मन्दिप भन्ने मन्दित यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले चोरीको उक्त तीनवटै मोटरसाईकल सहित तीन जनालाई पक्राउ गरेको डिएसपी राजन कार्कीले बताए । तीनैजना माथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको डिएसपी कार्किले जानकारी दिए ।
त्यस्तै भारतीय बजारबाट उनीहरुले २ वटा मोटरसाइकलमा राखेर भित्र्याएको २ लाख ११ हजार,५९० रुपैयाँ बराबरको कपडा, किराना सामान पनि प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
३३० किलोग्राम गाँजासहित तीन जना पक्राउ
विदेश पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा २ जना पक्राउ
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ