श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

बुधबार, ३० असोज २०८१, १२ : ०८
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

रूपन्देही । श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।  ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले बुधबार जनाएको छ । 

प्रतिक्रिया दिनुहोस