इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

सफल खबर संवाददाता

बुधबार, ३० असोज २०८१, १४ : २५
इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। हनी ट्रयाप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर प्रहरी प्रमुख शेखर खनालका अनुसार शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी भएसँगै शाहीलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । उक्त प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परिसकेका छन्।​

हनी ट्रयापको घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको थियो । पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो।

प्रहरीले हनी ट्रयाप घटनामा संलग्न युवतीसहित तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस