आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा

सफल खबर संवाददाता

बुधबार, ३० असोज २०८१, ११ : २८
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा

काठमाडौं। नेपाल आयल निगमले वृद्धि गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य आजदेखि कार्यान्वयनमा आएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको थियो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य आजदेखि पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस