प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, ११ : २८
प्रधानमन्त्री  ओली र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री के.पी. ओली र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ ।  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेश मन्त्री यी सँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् । 

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल–चीन द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेको र शान्तिपूर्ण सह अस्तित्वका पाँच सिद्धान्तमा आधारित बलियो, समय–परीक्षण मित्रतालाई पुनः पुष्टि गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

भेटका अवसरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायत सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस