काठमाडौं । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुन छलफल गर्ने गरी बैठक सकिएको हो । ‘मुख्य कुरा चुनावअघिको गठबन्धन नगर्ने संकल्प गरौं भन्ने विषयमा सहमति जुट्न सकेन,’ कांग्रेसका एक नेताले भने, ‘दुवै पक्ष लचक नभएपछि उद्घाटनपछि फेरि बैठक बस्ने कुरा भएको छ ।’
संस्थापन पक्षले ‘प्रि-इलेक्सन एलायन्स’ नगर्ने संकल्प गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् । तर, महामन्त्री थापा प्रतिवेदनबाट उक्त विषय हटाउन तयार छैनन् । शनिबार, आइतबार पनि सोही विषयमा छलफल भएपनि सहमति हुन सकेको थिएन ।
भविष्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचन पूर्वगठबन्धन नगर्ने संकल्प गर्ने उल्लेख छ । चार वर्ष पछिको निर्वाचनका लागि अहिले नै किन निर्णय लिनु भन्ने संस्थापन पक्षको भनाइ छ । महाधिवेशन कार्यतालिका र विधानसँग बाझिएका विषयमा संशोधनमा नेताहरु सहमत भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानलाई हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल थप्यो : गगन थापा
प्रदेश सरकार थप प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ: गगन थापा
गगन थापामा किन देखियो धार्मिक मोह ?
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा
म सिंगो काँग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन : गगन थापा
१५औं महाधिवेशन पछि जाँदैन, ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा