काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रदेश सरकार थप प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने बताएका छन् ।
आज नवलपरासीमा नेपाली काँग्रेसद्वारा आयोजित पार्टीको प्रथम क्षेत्रिय सम्मेलनमा सम्बोधन गर्दै थापाले संघीय सरकारले उचित रूपमा समन्वयकारी भूमिका निर्वाह गरी प्रदेश सरकारले जनमैत्री काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
सो अवसरमा बोल्दै थापाले अबको आवश्यकता देशको आर्थिक संवृद्धि रहेकोले यसका लागी सबै दल मिलेर देशको आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए । २०४८ साल देखी हालसम्म आउँदा देशको विभिन्न विकास निमार्णको कामको नेतृत्व काँग्रेसले गरेको दाबी गरे ।
देशमा अब रोजगारी सृजना गर्ने मुख्य चुनौतीको विषय रहेको सबै मिलेर देशमा नयाँ आर्थिक क्रान्तिसँगै रोजगारी सृजनामा जोड दिनुपर्ने बताए । सो अवसरमा बोल्दै थापाले राजनीतिक दलहरूले आम नागरिकलाई साथ लिएर अगाडी बढ्नुको विकल्प नरहेको दाबी गरे ।
राजनीतिक दलहरू प्रति देखिएको निराशा जनक अवस्थालाई मध्यनजर गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तिन तहको सरकारले जनमैत्री र जनता भरोसा दिलाउने तरीकाले काम गर्नुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगन थापामा किन देखियो धार्मिक मोह ?
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा
म सिंगो काँग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन : गगन थापा
१५औं महाधिवेशन पछि जाँदैन, ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा