काठमाडौं । नेपाली काग्रेसका महामन्त्री गगन थापामा पछिल्लो दिन धार्मिक मोह देखिन थालेको छ ।
उनले पछिल्ला दुई महिना यता मात्रै सूदुरपश्चिमका धार्मिक स्थलहरु, पोखराको बिन्दाबासिनी मन्दिर देखि भारतको उत्तरप्रदेशको तीर्थराज प्रयागस्थित त्रिवेणी संगमसम्मको धार्मिक भ्रमणहरु सकेका छन् ।
उनी मात्रै होइन, उनको परिवार नै यस्ता धार्मिक भ्रमणमा निस्कन थालेका छन् । जसलाई महामन्त्री थापाले आफै महत्व दिएर सामाजिक सन्जालमा समेत सार्वजनिक गरिरहेका छन् । कांग्रेसभित्र हिन्दु राष्ट्रको माग उठिरहेका बेला र पार्टीको आगामी महाधिवेशनबाट सभापतिको आकांक्षा थापाले देखाईरहेका बेला उनको पछिल्लो समय बढ्न थालेको धार्मिक भ्रमणलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।
हुन त मठ मन्दिर जाने, पूजा पाठ गर्ने कामलाई कांग्रेसभित्र सामान्य नै मानिन्छन् । आफुलाई नास्तिक बताउने कम्युनिष्टहरुले त यस्ता धार्मिक कामलाई प्राथमिकतामा राखिरहेका बेला कांग्रेस नेताहरुको धर्म, पूजापाठतिरको आकर्षणलाई अन्यथा लिन सकिन्न । तर पनि कुन समयमा कुन नेताले कसरी धार्मिक भ्रमण गरिरहेका छन् ? र, त्यसले के संकेत गरिरहेको हुन्छ ? भन्ने कुराले धर्म–राजनीतिमा अर्थ राख्ने गर्दछ ।
कांग्रेस महामन्त्रीको पछिल्लो दुई महिनायताका धार्मिक भ्रमणहरुले पनि केही सांकेतिक राजनीतिक अर्थ बोकेको विश्लेषण कांग्रेसभित्र हुन थालेको छ ।
महामन्त्री थापा कांग्रेसको अवको महाधिवेशनबाट पार्टी सभापति हत्याउने योजनामा छन् । त्यसका लागि उनले कांग्रेसभित्र मात्र ‘होमवर्क’ अगाडी बढाएका छैनन, कांग्रेससँगको सम्वन्ध कायम राखिरहेका भाइचारा संघ÷संगठन देखि छिमेकी मुलुकहरुमा समेत आफ्नो प्रभाव र उपस्थिती देखाउन थालेका छन् । महामन्त्री थापाको पछिल्लो दुई महिना यताका धार्मिक भ्रमणलाई पनि कँही न कँही धार्मिक राजनीतिसँग जोडेर हेरिनुपर्ने विश्लेषण हुन थालेका छ ।
उनले आफुलाई धार्मिक समेत रहेको भन्दै प्रचारित गर्न पनि मठमन्दिरको दर्शन गर्न थालेको कांग्रेसभित्रै अहिले चर्चा छ । थापाले अंगेजी वर्ष सन् २०२५ सुरु भएयता मात्रै पनि धेरै स्थानमा धार्मिक भ्रमण गरिसकेका छन् । पार्टी कामको सिलसिलामा देशका विभिन्न जिल्ला पुग्दा समेत उनले त्यस क्षेत्रको धार्मिक मठ मन्दिर सकभर पुग्ने र दर्शन गर्ने काम सुरु गरेका छन् । त्यस अतिरिक्त कार्यक्रम नै बनाएर परिवारका साथ पनि मन्दिर पुग्ने काममा महामन्त्री थापा सक्रिय देखिएका छन् ।
उनले सूदुरपश्चिम प्रदेशको बढीमालिका, त्रिपुरासुन्दरी, शैलेश्वरी, उग्रतारा, उदयदेव मन्दिर देखि खप्तड त्रिवेणी लगायतको धार्मिक स्थलहरुको भ्रमण परिवारका साथ गरेका छन् ।
पछिल्ला दिनमा उनले त्यस खालको भ्रमणको तस्विरहरुलाई आफैले सामाजिक सन्जालमा महत्व दिएर सार्वजनिक गरेका छन् । यस अतिरिक्त पनि उनी कांगेसका प्रभावशाली नेता ससुराबा अर्जुननरसिंह केसीलाई समेत साथ लिएर महाकुभ्भको अवसर पारेर भारतको उत्तरप्रदेशको तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरसस्वतीको त्रिवेणी संगममा स्नान गर्न पुगेका छन् । त्यस्तै महामन्त्री थापाले पोखराको बिन्दाबासिनी मन्दिरमा पुगेर पूजा पनि गरेका छन् ।
‘यो गगनको आफु धार्मिक पनि रहेको सन्देश राजनीतिलाई हो,’ कांग्रेसभित्रकै विश्लेषकहरु भन्छन्, ‘यसको वहुआयामिक अर्थ छ । यो दक्षिणी छिमेकीसम्मले आफुलाई हेर्ने दृष्टिकोणमा बदलाभ ल्याउन गरिएका धार्मिक भ्रमणहरु हुन् भन्ने देखिन्छ ।’
कहिले कहाँ पुगे ?
फागुन ५ : महामन्त्री थापा महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्न पुगे । त्यहाँ स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भएको थापाले बताएका छन् । परिवारसहित त्यहाँ पुगेका थापाले परिवारसँग कुम्भ मेलामा स्नान गर्दाका केही तस्विरहरु आफै सामाजिक सन्जालमा सार्वजनिक गरेका छन् ।
माघ २६ : महामन्त्री थापा श्रीमती डा अन्जना केसी थापालाई साथ लिएर सूदुरपश्चिमका धार्मिक पर्यटनस्थल देखि मठमन्दिरसम्मको दर्शन गर्न पुगे । उनले सूपको बडीमालिका, त्रिपुरासुन्दरी, शैलेश्वरी, उग्रतारा, उदयदेव मन्दिर र खप्तड त्रिवेणी लगायत सुदूरपश्चिमका धार्मिक स्थलहरूको भ्रमण गर्नेरे । यी मठमन्दिर देखि धार्मिक स्थलको भ्रमणपछि उनले नेपाल साँच्चै नै अद्भुत र सुन्दर रहेको प्रतिक्रिया दिएका छन् ।
माघ २३ : महामन्त्री थापाले पोखराको बिन्दाबासिनी मन्दिरमा पुगेर दर्शन गरे, पुजा आजा गरे । आफैले त्यस भ्रमण र पूजा गर्दाका भिडियो बनाई सामाजिक सन्जालमा समेत सार्वजनिक गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा
म सिंगो काँग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन : गगन थापा
१५औं महाधिवेशन पछि जाँदैन, ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा
गगन थापाको दाबीः सत्ता गठबन्धन तीन वर्ष चल्छ