काठमाडौँ । फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरूलाई प्रवेश निषेध गरिएको छ ।
गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदासमेत प्रवेश निषेध गरिएको हो । सोको विरोध गर्दै पत्रकारहरूलाई क्यामेरा डाउन गरेका छन् ।
आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ ।
सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम समेत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै
पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत