बारा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमलाई दुरुपयोग हुनबाट जोगाउनुपर्ने र पत्रकारहरुले आचारसंहिता भित्र रहेर मर्यादित तथा उत्तरदायी भएर कलम चलाउनु पर्ने बताएका छन ।
बाराको निजगढमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ बाराको समन्वयमा शनिबार बाराको निजगढमा संचार माध्यमका चुनौती एवं मिडिया साक्षरता कार्यक्रममा अध्यक्ष बस्नेतले सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन । अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमन काउन्सिल गरिरहेको र काउन्सिलले स्वस्थ, मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय पत्रकारिता चाहेको हुदाँ त्यसतर्फ सञ्चारकर्मी स्वयंले तदारुकता देखाउनुपर्ने उनको भनाइ थियो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको उपस्थितीमा भएको कार्यक्रममा पत्रकार र संचारमाध्यमले भोगिरहेका समस्या र समाधानका विषयमा चर्चा गरिएको थियो ।
मिडियाहरु चल्नै नसक्ने गरी धरासायी हुँदा जनताको सुचना पाउने अधिकार बन्चित हुने भएको हुदाँ यसलाई बचाई राख्न संचालक, पत्रकार र सरकार सँधै जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो । अध्यक्ष बस्नेतले कतिपय कानुन पत्रकार र मिडिया मैत्री नहुँदा समस्या भैरहेको भन्दै त्यस्ता खाने कानुन परिमार्जनका लागि काउन्सिलले सहजीकरण गरिहेको पनि बताए ।
उनले राजनैतिक दल र नेताहरुले सत्तामा हुँदा र बाहिर हुँदा मिडियालाई प्ररक ढंगले चित्रण गर्ने गर्दा पनि समस्या हुँदै आएको बताए । देशको परिवर्तमा महत्वपूर्ण भुमिका निर्वाह गरेका संचारमाध्यम र पत्रकारका सवालमा राज्य हुनुपर्नेजती संवेदनशिन नबनेको उनको भनाई थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर प्रसाद बेलबासे, मुख्य अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासंघका सचिव गोबिन्द चौलागाँई, नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य महेश्वर अधिकारी सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै
प्रजातन्त्र दिवसमा पत्रकारहरूलाई निषेध गरेको भन्दै क्यामरा डाउन