काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन् । उनले गुरुकुल शिक्षाले मौलिक संस्कृति र आफ्नो माटोको रक्षार्थ महत्त्वपूर्ण योगदान गर्ने बताए ।
देवघाटधाममा सञ्चालित गार्गी कन्या गुरुकुलको सहयोगार्थ मंगलबारदेखि काठमाडौँको पाशुपत क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गार्गी गुरुकुल देशकै पहिलो कन्या गुरुकुलको रूपमा सञ्चालन भएकोप्रति खुसी व्यक्त गरे ।
‘गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो । यसबाट उत्पादन भएका विद्यार्थीहरूले मौलिक संस्कृति र माटोको रक्षार्थ महत्त्वपूर्ण भूमिका खेल्न सक्दछन् भन्ने लाग्दछ,’ उनले भने ।
उनले देशकै पहिलो कन्या गुरुकुलले गुरुकुलको वातावरणमा वैदिक ज्ञानसँगै अन्य विधाहरूमा समेत ज्ञान प्रदान गरेर उच्च शिक्षासम्मको पढाइका लागि सहयोग पुर्याउनुपर्ने बताए ।
‘गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ । यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन 'फास्ट ट्रयाक'को निरीक्षण
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होः राष्ट्रपति
मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल
राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल