काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दाङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर नगरपालिका-१२ हरिपौरा बस्ने २१ वर्षीय अशोक चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका-११ गैरागाउँस्थित नर्सरीमा लगेर शनिबार राति जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी बागलुङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठेखोला गाउँपालिका-८ लेखानी बस्ने ४० वर्षीय होम बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ । पुनले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-५ कर्लिमस्थित खाली घरमा जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरी चौकी धम्जाबिहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापामा पनि ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-९ बस्ने भारत बलिया थाना घर भएका ५० वर्षीय अजय गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
गुप्ताले ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ
जबरजस्ती गरेको आरोपमा दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ