काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ। संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको छ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको छ।
साथै, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको छ।
त्यसैगरी, सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ अनुसार बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची तय भएको छ। यसैगरी, राष्ट्रिय सभामा उत्पत्ति भएर सन्देशसहित प्राप्त विद्युतीय व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ टेबुल हुने लगायतका कार्यतालिका रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै
संघीय संसदको बजेट अधिवेशन आव्हान
संघीय संसद्का महासचिव पाण्डेयको नियुक्ति बदर गर्न नहुने आदेश जारी
प्रतिनिधि सभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ